भक्तपुरमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

223 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा रामेछापको सुनापति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको ज्यान गएको भक्तपुर जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते तामाङको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो।

यस्तै, सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङ गम्भीर घाइते भएका छन्। उहाँको मध्यपुर अस्पताल, ठिमीमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने उपचारपछि घर फर्किएका छन्।

सम्बन्धित समाचार

सबै