199
Shares
काठमाडौँ — देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी अधिकांश स्थानको मौसम सफा रहेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मौसमको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पनि केही ठाउँमा आंशिक बदली रही अधिकांश स्थानमा मौसम खुल्ने अनुमान गरिएको छ।