इटहरी सेन्टर प्लाजामा आगलागी, दमकल र सुरक्षाकर्मी परिचालन

286 Shares

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ। १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहानी ९:३० बजेबाट आगलागी सुरु भएको हो। ती तलाहरूमा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेका छन्।

आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल तथा नेपाली सेना र प्रहरी परिचालित छन्। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

सम्बन्धित समाचार

सबै