आज देशभर केही ठाउँमा मेघगर्जनसहित वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

258 Shares

काठमाडौं । आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेशका साथै कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। साथै, मधेश र अन्य प्रदेशका तराई क्षेत्रबाहेक उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुले पनि असर पुर्‍याइरहेको छ। यसका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।

 

सम्बन्धित समाचार

सबै