गुल्मी – मदाने गाउँपालिका–४ झार्किसल्लामा एक पुरुषको शव फेला परेको छ। ढोरपाटन सडकखण्डबाट करिब ३०० मिटर तल भिरमा शव देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार अन्दाजी २५–३० वर्षका पुरुषको पहिचान खुलेको छैन। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा टोली खटिएको छ।
शव कसको हो र मृत्युको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।