चितवनमा जंगली हात्तीको आक्रमण, एक युवकको मृत्यु

241 Shares

चितवन – चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामक जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

शुक्रबार राति पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको ज्यान गएको हो। खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा महतो हाल रत्ननगर–७ मा बस्दै आएका थिए। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्तीले रातिको समयमा आक्रमण गरेको थियो भने महतोको शव शनिबार बिहान फेला परेको थियो।

यसअघि, गत असोज १७ गते सोही हात्तीले हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो।

लगातार आक्रमणपछि स्थानीयवासी त्रासमा परेका छन्। हात्तीको आक्रमणबाट ज्यान गुमाउने घटना बढ्दै गएपछि स्थानीयले सुरक्षा उपाय कडा बनाउन माग गरेका छन्। निकुञ्ज प्रशासनले गोविन्दे हात्तीको गतिविधि निगरानी गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै