आज शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस मनाइँदै

285 Shares

काठमाण्डौ – आज शून्य भेदभाव दिवस र समुद्री घाँस दिवस विश्वभर मनाइँदै छ। सबै प्रकारका भेदभाव अन्त्य गर्न तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउने गरिन्छ।

समुद्री पारिस्थितिकी तन्त्रको संरक्षण तथा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२२ देखि समुद्री घाँस दिवस मनाउन थालिएको हो। समुद्री घाँस तटीय क्षेत्रमा बाढी र आँधीबेहरीको जोखिम घटाउने महत्वपूर्ण प्राकृतिक स्रोत मानिन्छ।

राष्ट्रसङ्घका अनुसार एचआईभी सम्बन्धित कलङ्क तथा भेदभाव हटाउन विश्वव्यापी साझेदारीमा ४१ देश र विभिन्न संस्थाहरू एकताबद्ध भएका छन्। यो अभियानले मानव अधिकार अवरोध र असमानता हटाउँदै थप न्यायपूर्ण तथा समावेशी एचआईभी नियन्त्रणका लागि मार्ग प्रशस्त गरेको छ।

शून्य भेदभाव दिवस समावेशीकरण, शान्ति, स्नेह, लैङ्गिक समानता र एचआईभी प्रभावित व्यक्तिहरूको सम्मानजनक व्यवहार सुनिश्चित गर्न जोड दिँदै मनाइन्छ। साथै, सन् २०३० सम्ममा एचआईभी नियन्त्रणका लक्ष्य प्राप्त गर्न सीमान्तकृत वर्गका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्नु यस दिवसको प्रमुख उद्देश्य हो।

सम्बन्धित समाचार

सबै