अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, अन्य विदेशी मुद्रा दर पनि वृद्धि

70 Shares

काठमाण्डौ – अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैयाँ ७० पैसा र बिक्री दर १४० रुपैयाँ ३० पैसा पुगेको छ।

अन्य विदेशी मुद्राको विनिमय दर पनि बढेको छ। युरोपियन युरो १ को खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८६ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ १ को खरिद दर १७५ रुपैयाँ ८४ पैसा र बिक्री दर १७६ रुपैयाँ ६० पैसा पुगेको छ।

स्विस फ्र्याङ्क १ को खरिद दर १५४ रुपैयाँ ७३ पैसा र बिक्री दर १५५ रुपैयाँ ४० पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८२ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ७८ पैसा र बिक्री दर ९७ रुपैयाँ १९ पैसा तोकिएको छ।

यसैगरी, जापानी येन १० को खरिद दर ९ रुपैयाँ २९ पैसा र बिक्री दर ९ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल १ को खरिद दर ३७ रुपैयाँ २५ पैसा र बिक्री दर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल १ को खरिद दर ३८ रुपैयाँ ३३ पैसा र बिक्री दर ३८ रुपैयाँ ५० पैसा, तथा यूएई दिराम १ को खरिद दर ३८ रुपैयाँ ०४ पैसा र बिक्री दर ३८ रुपैयाँ २० पैसा कायम भएको छ।

यसैगरी, हङकङ डलर १ को खरिद दर १७ रुपैयाँ ९६ पैसा र बिक्री दर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार १ को खरिद दर ४५२ रुपैयाँ ३५ पैसा र बिक्री दर ४५४ रुपैयाँ ३० पैसा रहेको छ। बहराइन दिनार १ को खरिद दर ३७० रुपैयाँ ६६ पैसा र बिक्री दर ३७२ रुपैयाँ २५ पैसा तथा ओमनी रियाल १ को खरिद दर ३६२ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार

सबै