नेपालले गरिबी न्यूनीकरणमा प्रगति गरेको एडीबीको प्रशंसा

213 Shares

काठमाण्डौ – एशियाली विकास बैंक (एडीबी) ले नेपालले गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गरेको छ। नेपाल भ्रमणमा रहेका एडीबीका प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवम् विकास प्रभाव विभागका महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा गरिबी घटाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो।

चार दिने नेपाल भ्रमणमा रहनुभएका पार्कले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गर्नुभयो। उहाँले गरिबी न्यूनीकरणमा भएको प्रगतिलाई सराहना गर्दै दीगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न नेपालले अझै धेरै चुनौतीहरू सामना गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपालले रेमिट्यान्समा निर्भर अर्थतन्त्रबाट उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्ने उहाँको सुझाव छ।

महानिर्देशक पार्कका अनुसार व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकामा हुन सक्ने सम्भावित परिवर्तनको असर यो वर्षको अन्त्यतिर देखिन सक्नेछ। साथै, उहाँले यस वर्ष दक्षिण एशिया विश्वकै सबैभन्दा तीव्र आर्थिक वृद्धि हासिल गर्ने क्षेत्र बन्ने प्रक्षेपण रहेको जानकारी दिनुभयो।

सम्बन्धित समाचार

सबै