233
Shares
काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा २२ सय रुपैंयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज घटेर १ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।