काठमाडौं । नेपाल पत्रकार महासंघका उपाध्यक्ष र सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले धर्म र संस्कृतिका विषयमा कलम चलाउने पत्रकारहरूको लागि नयाँ संस्थाको स्थापना स्वागतयोग्य भएको बताएका छन्। उनले समाजमा पत्रकार महासंघको एसोसियट संस्थाका रूपमा अघि बढ्न आग्रह पनि गरे।
काठमाडौँ महानगरपालिका-८ का वडाध्यक्ष आशामान सँगतले पशुपति क्षेत्रको व्यवस्थापन गर्दै सधैं पर्यटक आकर्षित गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूको सहयोगको महत्त्व औंल्याए।
कार्यक्रममा आयुर्वेद प्रवद्र्धन महाशाखाका प्रमुख डा. वंशदीप शर्मा खरेलले आयुर्वेदको संरक्षण र प्रवद्र्धनमा जोड दिएका थिए। प्रा. डा. माधवप्रसाद पाण्डेले धर्म, संस्कृतिका पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले २०७६ सालदेखि अनौपचारिक मञ्चको रूपमा काम गर्दै आएका पत्रकारलाई अब वैधानिक संस्थामा रूपान्तरण गरिएको जानकारी दिए।