बिधुत महसुल बक्यौता भएका ग्राहकको लाइन काट्दै बिधुत प्राधिकरण

23 Shares

नेपाल बिद्युत प्राधिकरण गौर वितरण केन्द्रले बाकी बक्यौता रहेका व्यक्तिगत, निजि र सरकारी कार्यालयको बिद्युत लाइन काटने अभियान संचालन गरेको छ । सोहि अन्तर्गत एकै दिन यहाँ रहेका राजदेवी नगरपालिका , इशनाथ नगरपालिका, गरुडा नगरपालिका र माधवनारायण नगरपालिकाको बिद्युत लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले जानकारी दिए ।
बक्यौता तिर्न बारम्बार आग्रह गर्दा समेत बक्यौता नतिरे पछि बाध्य भएर लाइन काट्नु परेको उनले भने । बिद्युत अबरुद्ध भए पछि राजदेवी,गरुडा र इशनाथ नगरपालिकाले आफ्नो विद्युत महसुलको आंशिक बक्यौता तिरे पछि पुनः लाइन सुचारु गरिएको उनले जानकारी दिए ।उनाका अनुसार गौर वितरण केन्द्रको मातहतमा रहेको गौर,राजदेवी,दुर्गा भगवती,माधव नारायण,गढिमाइ,गरुडा परोहा,राजपुर,,इशनाथ,यमुनामाइ र वृन्दावनको दुइ वडा अन्तर्गतका बिद्यालय,स्वास्थ्य संस्था,नगरपालिका कार्यालय,वडा कार्यालय एबम सडक बत्ती बक्यौता रकम तिर्न पालिकाले आनाकानी गरि रहेको छ । पहिलो चरणमा सडक बत्ती बाहेकका बक्यौता बिद्युत महशुल उठाउन लागेको बताउनु हुँदै वितरण केन्द्र प्रमुख यादवले कुनै पनि बहानामा बिद्युत महशुल नबुझाउने कार्य मान्य नहुने बताए ।
प्रमुख यादवका अनुसार गएको साउन १ गते देखि चैत्र १६ गते सम्ममा २ हजार ४५ जना ग्राहकको बक्यौता रकम नौ करोड ५५ लाख ८३ हजार ३१६ असुल उपरको लागि लाइन काटिएको तथा सो मध्ये १ हजार ७७२ जना ग्राहकले ५ करोड ५०लाख १५ हजार ३ ७७ रुपैयाँ महशुल बुझाएर पुनः लाईन सुचारु गराएको बताए । पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरबाट १५ लाख ३ हजार ६५७ रुपैया राजश्व समेत असुली गरिएको उनले जानकारी दिए ।
त्यतै कालो सुचीमा रहेका ग्राहकहरु मध्ये ६० जना उपभोक्तबाट २४ लाख ४९ हजार ६३५ रुपैया असुल उपर गरिएको छ साथै विधुत चहावटमा संलग्न १२० जनालाइ कारबाही गरि १५ लाख ७६ हजार १२४ रुपैया जरिवाना गरिएको नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

सबै