287
Shares
कास्की । पोखरामा १२औं नेपाल लिटरेचर फेस्टिभल २०२५ सुरू भएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य शक्तिशाली माध्यम भएको बताउँदै इनोभेसन र रिसर्चमा समाज तथा युवालाई आकर्षित गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे।
बुकवर्म फाउन्डेशनको आयोजनामा फागुन १८ गतेसम्म चल्ने महोत्सवमा नेपाल तथा विदेशका दुई सयभन्दा बढी साहित्यकार, लेखक, राजनीतिज्ञ, कलाकार र पत्रकारको उपस्थिति रहनेछ।
महोत्सवमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति तथा अन्य रचनात्मक गतिविधिहरू समावेश छन्। आयोजकका अनुसार साहित्यसँग सम्बन्धित सामाजिक, राजनीतिक, आर्थिक, प्रविधि र चलचित्रलगायतका विषयमा गम्भीर छलफल हुनेछ।