280
Shares
काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई निगरानी गर्दै हिजोदेखि अनुसन्धान थालिएको थियो। आज उनीहरूलाई अभद्र व्यवहार तथा विगतमा आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।