रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

34 Shares

रौतहट/रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको गाडिको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको छ ।
क्षेत्र नं. २ अन्तर्गत इशनाथ नगरपालिका–४ मठिया टोल स्थित मस्जिद नजिकै खेल्दै गरेको मोहमद सगिरको ४ बर्षीय छोरी अल्फा खातुनलाई बा.१५ च. ४२४४ नं.को कारले बिहिबार दिउँसो २ः३० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनु भयो ।
कारको ठक्करबाट घाइते बालिकालाई उपचारको लागि चालकले सिटि अस्पताल गौरमा पुर्याई फरार भएको उहाँले जानकारी दिनु भयो ।
घाईते बालिकालाई थप उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएकोमा उपचारको क्रममा २ः४५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कारले ठक्कर दिएको समयमा आफु मठिया टोलमै घरदैलोमा रहेको र कारमा चालक् मात्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आलमले दावी गर्नु भएको छ ।
चालक परोहा नगरपालिका—३ तेजापाकड, रौतहटका २७ बर्षीय शेख मुस्ताकलाइ पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

सम्बन्धित समाचार

सबै