एसईई परीक्षाको दोस्रो दिन शुक्रवार रौतहट बाट तीन जना पक्राउ परेको छ ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ४ गरुडा बजारबाट विभिन्न विद्यालयमा एसईई परीक्षा दिईरहेका विद्यार्थीहरुलाई ह्वाट्सएप ग्रुप मा समाबेश गरी परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिर ल्याई त्यसको उत्तर विद्युतीय अनलाइन माध्यम बाट पठाई परीक्षाको मर्यादा विपरित कार्यमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय गरुडा बाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जानकारी दिए । पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नं. ९ का १८ बर्षीय चन्दन पटेल
वृन्दावन नगरपालिका वडा नं. ९ का २० बर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका वडा नं. ८ का १८ बर्षीय धिरज साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मैनालीले बताए । घटनाको अनुसन्धान भइ रहेको उनले भने ।