सामुदायिक बनमा १ करोडभन्दा बढी मूल्यको साल जातको काठमा आगलागी

90 Shares

रौतहट/रौतहटको एक सामुदायिक बनक्षेत्रमा घाटगध्दि गरी राखेको गोलिया काठमा आगो लाग्दा एक करोड भन्दा बढिको क्षति भएको छ । चन्द्रपुर नगरपालिका–२, जुडिबेलामा रहेको सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा बिहीबार करिव १ बजेको समयमा आगलागी हुँदा १ करोड रुपैयाँभन्दा बढी मूल्यको साल जातको गोलिया काठमा क्षति भएको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयचन्द्र तिवारीले जानकारी दिनु भयो । ६ बर्ष अघि कटान भई उक्त बनक्षेत्रमा घाटगध्दी गरी राखिएको करिब ८ हजार भन्दा बढी क्युफिट सालको गोलिया काठमा आगो लागेको जुडिबेला सब–डिभिजन बन कार्यालयका अधिकृत बालकिसोर सिंहले जानकारी दिनु भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, बन कर्मचारीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा आएको छ । आगलागी भएको जानकारी समयमा नदिँदा क्षति बढेको प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक तिवारीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको र आगलागीको कारण पत्ता लगाउन प्रयास जारि रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार

सबै