शिक्षक महासंघको घोषणा : कक्षा १२ को परीक्षा बहिष्कार, स्कुल बन्द र शैक्षिक हड्ताल जारी

69 Shares

काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। महासंघको सोमबार बसेको बैठकले परीक्षामा कुनै पनि शिक्षक तथा कर्मचारी नपठाउने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र र सरकारी भर्ना अभियान पनि सञ्चालनमा छन्। तर, महासंघले आन्दोलनलाई थप कडा बनाउँदै विद्यालय बन्द गर्ने र शैक्षिक हड्तालसमेत जारी राख्ने निर्णय गरेको हो।

महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गर्दै आएका छन्।

सम्बन्धित समाचार

सबै