नेप्सेमा आठ अंकको गिरावट, कारोबार ६ अर्ब नाघ्यो

30 Shares

काठमाडौं । वर्षको अन्तिम दिन तथा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६२ अंकले घट्दै २६६२.०८ विन्दुमा झरेको छ ।

आज ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक किनबेच हुँदा कूल कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ पुगेको छ ।

सेक्टोरियल परिसूचकमा होटल तथा पर्यटन (०.१४%), लगानी (१.६८%), म्युचुअल फन्ड (०.२६%) र निर्जीवन बीमा (०.०८%) बाहेक सबै समूह ओरालो लागेका छन् । बैंकिङ (०.२१%), विकास बैंक (०.७७%), वित्त (०.८८%), जलविद्युत् (०.४५%), जीवन बीमा (०.६१%), उत्पादन तथा प्रशोधन (०.८४%), लघुवित्त (०.२६%), व्यापार (१.४०%) र अन्य (०.८०%) समूह घटेका हुन् ।

गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सिइडिबी होल्डिङ्स लिमिटेड अग्रस्थानमा रहँदै रू ४५ करोड ३२ लाखको कारोबार भएको छ भने शेयर संख्याका आधारमा राधी विद्युत् कम्पनी लिमिटेडको ८ लाख ९४ हजार कित्ता शेयर किनबेच भई शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

सबै