काठमाडौं — नयाँ वर्ष ०८२ को पूर्वसन्ध्यामा नेपाली बजारमा सुनको भाउ ऐतिहासिक रूपमा बढेर नयाँ कीर्तिमान कायम भएको छ। आज (आइतबार) स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सुनको भाउ प्रतितोला एक लाख ८५ हजार रुपैयाँसम्म पुगेको थियो। आज त्यो भन्दा एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला एक हजार ९०५ रुपैयाँ रहेको चाँदी आज बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।







