एकतर्फी सडक सञ्चालनमा ल्याइएपछि पाल्पादेखि बुटवल र बुटवलदेखि पहाडी भेगतर्फ जाने सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले बुटवलबाट पाल्पा आउँदै गरेको कार पुरेको थियो ।
लुम्बिनी प्रदेशको ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । माथिल्लो भागबाट खसेको पहिरोले कारलाई पुरेको हो । तर, चालक र यात्रुहरू भने सामान्य अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्ट भासिँदा एक टिपर फसेको थियो, जसलाई ठूला मेसिनको सहायताले हटाइएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणसँगै वर्तमान राजमार्गमा कल्भर्ट, नाली तथा रक नेट जडानको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।