काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, र स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा तोकिएको छ।
अन्य मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २३ पैसा, र सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, र साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यसैगरी, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, दक्षिण कोरियन वन सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८९ पैसा र बिक्रीदर २० रुपैयाँ ९८ पैसा कायम गरिएको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर संशोधन गर्न सकिने र अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी गराएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने यसभन्दा केही फरक हुनसक्ने जनाइएको छ।