सुनको मूल्यमा ऐतिहासिक उछाल, तोलामा ५७०० रुपैयाँले वृद्धि

46 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। आज (बिहीबार) मात्र सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले वृद्धि भई १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार पनि सुनको मूल्य २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुगेको थियो। त्यसअघि, चैत्र २१ गते १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य आज पुनः ऐतिहासिक उचाइमा पुगेको हो।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको मूल्य १ हजार ८ सय ३५ रुपैयाँभन्दा ६५ रुपैयाँले बढी हो।

सम्बन्धित समाचार

सबै