एक सातामै ओरालो लाग्यो सुनको भाउ

50 Shares

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। सोमबार पनि सुनको भाउ घट्दै प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मात्रै सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो।

यसअघि आइतबार सुन प्रतितोला १ हजार ९ सयले र शुक्रबार ३ हजार ९ सय रुपैयाँले घटेको थियो। बिहीबार मात्र सुनको मूल्य ऐतिहासिक उच्च बिन्दुमा पुग्दै १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो।

त्यसको तुलनामा दुई दिनमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले घटिसकेको छ।

यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।

गएको मंसिरको तेस्रो साता भन्सारदर घटेपछि सुनको मूल्य दुई दिनमै १८ हजार ५ सय रुपैयाँले घटेको थियो। त्यसयता घटबढ भइरहे पनि पछिल्लो समय सुनचाँदी दुबैको भाउ उच्च बनेको थियो। अहिले भने सुन फेरि ओरालो लाग्दैछ।

सम्बन्धित समाचार

सबै