अहिलेसम्मकै उच्च मूल्यबाट ओरालो लाग्दै सुनचाँदीको बजारमा चाप

42 Shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घट्दै प्रतितोला ७० रुपैयाँले कमी भएको छ। अघिल्लो दिन १ हजार ८७० रुपैयाँमा रहेको चाँदी आज घटेर १ हजार ८०० रुपैयाँमा झरेको हो।

गएको मंसिरको तेस्रो सातामा भन्सार दर घटेपछि दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेको थियो। त्यसपछि फेरि क्रमशः बढ्दै गएको सुनचाँदीको भाउ पछिल्लो केही दिनयता घट्ने क्रममा देखिएको छ।

सम्बन्धित समाचार

सबै