घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट

274 Shares

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिनकै उच्च मूल्यपछि आज सुनको दर प्रतितोला ३ हजार ९०० रुपैयाँले घटेर १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको छ, जुन बिहीबार १ हजार ९९५ रुपैयाँ थियो।

सम्बन्धित समाचार

सबै