सुनको मूल्य नयाँ उचाइमा, तोलाको १ लाख ८० हजार रुपैयाँ पार गर्‍यो

174 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार (चैत २१) छापावाल सुनको मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि, चैत १९ गते सुनको मूल्य तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला २,०२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १,९९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

सबै