223
Shares
काठमाडौं । लगातार बढेर कीर्तिमान बनाएको सुनको मूल्य बुधबार घटेको छ । मंगलबार प्रतितोला रु १,७९,७०० कायम भएको सुनको मूल्य आज रु ६०० ले घटेर रु १,७९,१०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु २,०२० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,११५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।