नेपाल लिटरेचर फेस्टिभल–२०२५ पोखरामा, दुई सयभन्दा बढी साहित्यकारको सहभागिता

146 Shares

काठमाण्डौ । नेपाल लिटरेचर फेस्टिभल–२०२५ को बाह्रौँ संस्करण पोखरा मा फागुन १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ। यस फेस्टिभलमा देश-विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार र अन्य विशिष्ट व्यक्तित्व को सहभागिता रहनेछ।

फेस्टिभलको शुरुवात प्राध्यापक र अर्थशास्त्री महेन्द्र पी लामाको प्रवचनसँग हुनेछ। अध्यात्म र सङ्घर्ष माथि मनीषा कोइरालाविजय कुमार बीच विशेष संवाद हुनेछ। साथै, प्रोजेक्ट सारङ्गी अन्तर्गत किरण नेपाली को नेतृत्वमा सामूहिक प्रस्तुति पनि हुनेछ।

नेपालको पप-सम्राट ओमविक्रम विष्टसाङ्गीतिक समूह सोनागी ब्लुज ले पनि आफ्ना प्रस्तुतिहरूसँग फेस्टिभललाई रोचक बनाउनेछन्। फेस्टिभल पोखराको बाराहीघाट लेकसाइड मा आयोजना हुनेछ र यसलाई पोखरा महानगरपालिका प्रवर्द्धन गरिरहेको छ। गण्डकी प्रदेश सरकार यस फेस्टिभलको सहप्रवर्द्धक हो।

नेपाल लिटरेचर फेस्टिभल २०११ देखि आयोजना हुँदै आएको हो र यसले नेपाली साहित्यको प्रवर्द्धन र पब्लिक डिस्कोर्स को विकासमा महत्वपूर्ण भूमिका खेलेको फेस्टिभलका निर्देशक अजित बराल ले बताएका छन्। यस फेस्टिभलको आयोजनाले नयाँ पुस्ताका साहित्यकार, लेखक र विचारकहरूलाई प्रोत्साहन दिएको छ।

सम्बन्धित समाचार

सबै