गणतन्त्र हट्न सक्दैन: देउवा

162 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कसैले चाहेर हटाउन नसक्ने बताएका छन्।

शनिबार नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले देश एकढिक्का रहेको बताउँदै गणतन्त्र सुरक्षित रहेको दाबी गरे।

उनले भने, “गणतन्त्रलाई कसैले चाहेर हटाउन सक्दैन। देश एक छ, यही परिस्थितिका कारण मैले यहाँ भन्नुपरेको हो।”

साथै, उनले पूर्वराजा ज्ञानेन्द्र शाह कहिल्यै संवैधानिक राजा बन्न नसक्ने दाबी गरे। हालै काठमाडौंमा पूर्वराजाको नाममा भएको घटनालाई अराजकताको संज्ञा दिँदै देउवाले भने, “पूर्वराजाले अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्? उनी संवैधानिक राजा कहिल्यै बनेका छैनन्, बन्ने सम्भावना पनि छैन।”

सम्बन्धित समाचार

सबै