आज सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, तोलाको सुन १ लाख ७४ हजार ८०० रुपैयाँ पुग्यो

169 Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार यसको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

सबै