काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको दर केही घटेको छ। आज डलरको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ। बुधबारको तुलनामा डलरको दर ८ पैसा घटेको हो।
त्यस्तै, युरोपियन युरोको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा कायम भएको छ। स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर लगायत अधिकांश मुद्राको दर पनि घटेको छ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, थाई भाट, साउथ कोरियन वन लगायतका मुद्राको दर पनि आज सार्वजनिक गरिएको छ।
केन्द्रीय बैंकका अनुसार कुवेती दिनारको खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा, बहराइन दिनारको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।