त्रिचन्द्र क्याम्पसमा पुनः स्ववियु चुनाव स्थगित

277 Shares

काठमाडौं – त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव फेरि स्थगित भएको छ। ५ चैतमा हुन नसकेको चुनाव १३ चैतमा तोकिएको भए पनि विद्यार्थीको तालाबन्दीका कारण पुनः अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा मतदानका लागि वातावरण सहज नदेखिएको र क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी भएकाले निर्वाचन रोकिएको उल्लेख गरिएको छ।

‘त्रिवि केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि नयाँ मतदान मिति तोकी अर्को सूचना प्रकाशन गरिनेछ,’ निर्वाचन समितिले जनाएको छ।

निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमका अनुसार सम्पूर्ण तयारी पूरा भए पनि तालाबन्दीका कारण मतदान प्रक्रिया अघि बढाउन नसकिएको हो। त्रिचन्द्र क्याम्पसमा स्ववियु अध्यक्ष पदका लागि नौ जनाले उम्मेदवारी दिएका छन्।

सम्बन्धित समाचार

सबै