वसन्तकालीन हिमाल आरोहण अनुमति वितरण सुरु, सगरमाथामा तयारी तीव्र

169 Shares

काठमाडौं – यस वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार हालसम्म अन्नपूर्ण-१ सहित विभिन्न हिमाल आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कुल ५८ जनाले अनुमति पाइसकेका छन्। नेपालसहित २४ देशका आरोहीले अनुमति लिएका छन्।

विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार सगरमाथा आरोहणका लागि अनुमति छिट्टै दिइनेछ। सगरमाथा आधार शिविरमा स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, एलिट एक्सपिडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीहरू आरोहण तयारीमा जुटेका छन्।

वसन्त ऋतु सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ। यस्तै, सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कामका लागि अशोक लामाको नेतृत्वमा दश शेर्पा आरोहीको टोली खटिएको छ।

सन् २०२५ को वसन्त ऋतुका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ।

सम्बन्धित समाचार

सबै