१०० रुपैयाँको विवादले ओमप्रकाश राईको हत्या

269 Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिकस्थल नजिक हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ का ५७ वर्षीय हिमाल बुढामगर रहेका छन् ।

प्रहरी अनुसन्धान अनुसार, १०० रुपैयाँ खोसिएको विवादमा बुढामगरले ढुंगाले हानेर ओमप्रकाशको हत्या गरेको बताएका छन् । आइतबार बिहान ५:५५ बजे पार्किङ स्थलमा ओमप्रकाशको शव रगतले लतपतिएको अवस्थामा फेला परेको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने कानको लोती समेत चुडिएको थियो ।

प्रहरीले बुढामगरलाई पक्राउ गरी आज सार्वजनिक गर्ने तयारी गरेको छ । दुवै जना कवाडी संकलक भएको खुलेको छ ।

सम्बन्धित समाचार

सबै