नेपालमा लोडसेडिङ पूर्णरुपमा अन्त्य भएको छ : कुलमान घिसिङ

222 Shares

मकवानपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको दाबी गरेका छन् । आज (सोमबार) मकवानपुरको राक्सिराङ गाउँपालिका–५ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन्।

उनले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए । उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्‍याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए । आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

सबै