153
Shares
काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत खपत गरे वापतको बक्यौता महसूल तिर्न शुरू गरेको छ ।
२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले पहिलो किस्तावापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण,परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो । उद्योगले २८ किस्तामा बक्यौता तिर्नेछ ।
त्यस्तै सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता वापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले हिजो दोस्रो किस्ता वापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।