सुनको भाउ १ लाख ७५ हजारमा झर्यो, चाँदी पनि घट्यो

293 Shares

काठमाडौं । नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाएको सुनको भाउ आज (शुक्रबार) ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ।

यसअघि, बुधबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो, जुन बिहीबार पनि स्थिर रह्यो। त्यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँ थियो।

सम्बन्धित समाचार

सबै