ललितपुरका यी क्षेत्रमा आज दिउँसो दुई घण्टा बिजुली बन्द

311 Shares

नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रबार) ललितपुरका विभिन्न स्थानमा दुई घण्टा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल र अरूण थापा चोक क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ।

पाटनको १३२ केभी सबस्टेशनमा प्राविधिक काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्तिमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। कटौतीका कारण ग्राहकलाई परेको असुविधाप्रति माफी माग्दै निर्धारित कार्य तोकिएको समयभित्रै सम्पन्न गरी नियमित आपूर्ति पुनः सुचारु गर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

सबै