नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि

63 Shares

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीका लागि खाजा भत्ता वृद्धि गरिएको छ। अर्थ मन्त्रालयको सहमतिपछि हाजिरी, पहिलो सिफ्ट, दोस्रो सिफ्ट र बेलुकीको सिफ्टअनुसार भत्ता दर बढाइएको हो।

नयाँ व्यवस्थाअनुसार हाजिर भत्ता प्रतिदिन ५० बाट १०० रुपैयाँ पुर्‍याइएको छ। बिहानको पहिलो सिफ्टमा कार्यरत कर्मचारीको भत्ता ७५ बाट १२५ रुपैयाँ, दिउँसोको दोस्रो सिफ्टको भत्ता ५० बाट १०० रुपैयाँ, र बेलुकीको सिफ्टका लागि १२५ बाट १७५ रुपैयाँ पुर्‍याइएको छ।

यो व्यवस्था सबै तहका कर्मचारीलाई लागू हुने अर्थ मन्त्रालयको सहमति पत्रमा उल्लेख छ।

4o

सम्बन्धित समाचार

सबै