एआईको चुनौतीबाट बच्न सामसङलले ‘गर या मर’ को मानसिकता अपनाउनुपर्ने

188 Shares

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्षले कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनुपर्ने बताउनुभएको छ ।

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले अमेरिकी प्रविधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको एएफपीले जनाएको छ । सामसङको प्रतिद्वन्द्वी एसके हाइनिक्स ‘एआई ग्राफिक्स प्रोसेसिङ्ग युनिट’ (जीपीयू) का लागि ‘हाई ब्यान्डविथ मेमोरी’ (एचबीएम) चिप्सका लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको एएफपीले जनाएको छ ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गएको वर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो ।

सामसङले ‘गर या मर’ अवस्थाको सामना गरिरहेको र यसबारेमा गम्भीर भएर सोच्न आवश्यक रहेको कम्पनीका अध्यक्ष ली जे–योङले बताउनुभएको दक्षिण कोरियाली समाचार संस्था योनहापलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

सामसङका अध्यक्षले अल्पकालीन नाफालाई त्याग्नु परे पनि भविष्यका लागि लगानी गर्नुपर्ने बताउनुभएको छ । अनुसन्धानमा भएको खर्चका कारण सामसङको सञ्चालन मुनाफा गएको वर्षको चौथो त्रैमासिकमा झन्डै एक तिहाइले घटेको थियो ।

सन् २०१५ मा विवादास्पद मर्जरसँग सम्बन्धित आरोपबाट सामसङका अध्यक्ष लीले गएको महिना सफाइ पाउनुभएको थियो ।

सम्बन्धित समाचार

सबै