काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ। चाँदीको मूल्य पनि केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु १,७४,५०० मा कारोबार भएको सुनको मूल्य आज रु ४०० घटेर रु १,७४,१०० कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २,०४५ निर्धारण गरिएको छ, जुन शुक्रबारको मूल्यभन्दा रु ५ ले कम हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २,९८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।