एसईई २०८१ को तयारी पूरा, परीक्षा ७ चैतदेखि सुरू

230 Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। ७ चैतदेखि सुरू हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रहरूमा पुगीसकेको छ भने केही स्थानमा पुग्ने क्रममा रहेको बोर्डले जानकारी दिएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार केन्द्राध्यक्षहरूको अभिमुखीकरण सम्पन्न भइसकेको छ। यस वर्ष एसईई परीक्षामा ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुनेछन्।

परीक्षाका लागि कुल ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए। देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ भने सुरक्षा व्यवस्थाको जिम्मा स्थानीय सुरक्षा निकायहरूले लिनेछन्

सम्बन्धित समाचार

सबै