हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय वलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताएका छन् । हात्तीले खेतबारीमा लगाएको गहुँवाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाएका छन् ।
बर्दिया निकुञ्ज नजिक थारुको घर छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए छ । स्थानीयले वन्यजन्तुको आक्रमणपछि पूर्व पश्चिम राजमार्ग बन्द गराएको उनले जनाए।






