काठमाण्डौ – सुनचाँदीको भाउ आज फेरि बढेको छ। नेपाल सुनचाँदी महासङ्घका अनुसार, सुन तोलामा ६०० रुपैयाँले वृद्धि भएर अहिले तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको भाउ पनि बढेर तोलाको २ हजार रुपैयाँ पुगेको छ। हिजोको तुलनामा चाँदी तोलामा ३० रुपैयाँले बढेको हो।