वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त

77 Shares

काठमाण्डौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दीलिप शर्मा नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्मालाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा. भूपेन्द्र बस्नेतले सिफारिश गरेका डा. शर्मासहित डा. समाज गौतम र डा. अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

वीर अस्पतालमा अहिले निमित्त निर्देशकको जिम्मेवारीमा डा. समाज गौतम हुनुहुन्छ । डा. शर्माले यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक र नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार भएर काम गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार

सबै