वीर अस्पतालमा दुई शिफ्ट शल्यक्रिया सेवाको आरम्भ

72 Shares

काठमाण्डाै – वीर अस्पतालमा दुई शिफ्टमा शल्यक्रिया सेवा शुरू भएको छ । अस्पतालले नाक, कान, घाँटी, दाँत, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई शिफ्टमा शुरू गरेको हो ।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने उदेश्यले केही सेवाहरूमा दुवै शिफ्टमा शल्यक्रिया शुरू गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै सङ्घीय अस्पताललाई दुवै शिफ्टमा बहिरङ्ग (ओपीडी) सेवा आरम्भ गर्न निर्देशन दिनुभएको थियो । त्यहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालले यसअघि नै दुई शिफ्टमा ओपीडी र सार्वजनिक बिदामा सेवा दिन थालेको छ ।

सम्बन्धित समाचार

सबै