चन्द्रनिगाहपुर , २४ फागुन । नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशनबाट पुनः अनिल झा अध्यक्ष पदको लागि चयन भएका छन् ।
रौतहटको चन्द्रपुर स्थित होटल हिमालयनमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद् रौतहटको छैठौं जिल्ला अधिवेशनबाट दोश्रो पटक अध्यक्ष पदमा झा चयन भएका हुन् ।
परिषदको उपाध्यक्षमा रामचन्द्र तिमलसिना, सचिवमा महम्मद अतिउल्लाह उपसचिवमा रामप्रदा उपाध्याय र चन्द्रभानु पटेल तथा सदस्यहरुमा क्रमशः गोपिनी पौडेल, बाबुराम साह, अर्जुन तिमलसिना, मनोज कुमार मिश्र , मोहन बैठा, भुपनारायण प्रसाद, संजिवकुमार झा, दीपक राउत, रामसागर साह, चन्द्रिका दास, देवीलाल प्रसाद साह, विकास जयसवाल, मनोज मिश्र (पुरेनवा) र खुश्वु साह सर्वसम्मत चयन भएका छन ।
नेपाल बुद्धिजीवि परिषदका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज डा. अर्जुन सिंहको प्रमुख आतिथ्यमा सम्पन्न छैठौ रौतहट जिल्ला अधिबेशनमा एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, धनुषा अध्यक्ष एवं मधेश प्रदेश नीति आयोग सदस्य रामचन्द्र यादव, रौतहट अध्यक्ष सचिदानन्द साह, श्याम गोइत, मणिशंकर निधी, बाबुराम दहाल, पवन पटेल, अवधेश यादव, चन्द्रपुर नगर संयोजक शिव आचार्य, अनिल निधि, अनेरास्ववियु रौतहटका संयोजक करण देवकोटा सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएका छन् ।
अनिल झाको कार्यशैली तथा लगनशीलताले गर्दा उनलाइ पुनः चयन गरिएको जनाइएको छ ।