अमेरिकी डलर सस्तियो, युरोको भाउ बढ्यो

87 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

शनिबार अमेरिकी डलरको भाउ घटेको छ । हिजो एक अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार यसको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरोको भाउ भने बढेको छ । शनिबार एक युरोको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा तोकिएको छ, जुन शुक्रबारको तुलनामा बढेको हो ।

अस्ट्रेलियन डलरको विनिमयदरमा पनि गिरावट आएको छ । शनिबार एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्ट्रलिङको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्कको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाललगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने बताएको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचार

सबै