101
Shares

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ३५ मिनेटमा चीनको दिङ्गे केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
भूकम्पको धक्का नेपाल, चीन, भारत, भुटान र बङ्गलादेशमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । गएराति ३ बजे १४ मिनेटमा म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युड र बिहान ६ बजेर २० मिनेटमा बाग्लुङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।